• वैशाख २७, २०७७
  • जुनकिरी खबर

इटहरीका मेयर चौधरीको विषयमा छानविन गर्न माग

alt

इटहरीका मेयर द्वारिकलाल चौधरीमाथि लागेका विभिन्न आरोप र उठेका प्रश्नहरुको छानविन गरी कारवाही गर्न नेकपा नगर कमिटि सदस्यहरुले माग गरेका छन् ।

सात जना सदस्यहरुले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा उनीहरुले चौधरीको चरित्रमाथि नै प्रश्नचिन्ह खडा हुने गरी आएका हल्ला, समाचार, फोन संवादहरुको सत्यताबारे छानविन गरी दोषी भए कारवाही गर्न माग गरिएको छ ।

व्यक्ति पार्टीभन्दा माथि नहुने जिकिर गर्दै पत्रमा भनिएको छ, ‘पार्टीमा आबद्ध जोसुकै नेतृत्व वा कार्यकर्ताले गल्ती गरेमा कारवाही, दण्ड सजाय र कसैलाई फँसाएर निमिट्यान्न पार्न चाहन्छ भने पनि कारण पत्ता लगाई विवादित विषयमा छानविन गरी आवश्यक कारवाही गर्न माग गर्दछौं ।’

उनीहरुले गलत गर्ने नेता, कार्यकर्ता जोसुकैलाई कारवाही गरी पार्टीको गुमेको शाख फिर्ता ल्याउनसमेत नगर कमिटिसमक्ष माग गरेका छन् । मेयर चौधरी गलत नभए गलत हल्ला फैलाउनेलाई कारवाही गर्न माग गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]