• वैशाख ३०, २०७७
  • जुनकिरी खबर

नेपालमा पहिलो पटक ४ जना पत्रकार कोरोना सङ्क्रमित

alt

पर्साका नेपाल पत्रकार महासङ्घका पदाधिकारी सहित ४ जना पत्रकार कोरोना सङ्क्रमित भएका छन् ।

पर्सामा आज देखिएका ३९ सङ्क्रमितमध्ये नेपाल पत्रकार महासङ्घ पर्साका पदाधिकारी सहित ४ जना पत्रकारलाई कोरोना भाइरसको सङ्क्रमण भएको नारायणी अस्पतालले पुष्टि गरेको वीरगन्जका पत्रकार केसी लामिछानेले जानकारी दिएका छन् ।

गत चैत ३१ मा तीन जनामा कोरोना सङ्क्रमण देखिएपछि रिपोर्टिङ गर्न हिँडेका ४ जना पत्रकारमा कोरोना भाइरसको सङ्क्रमण पाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएको पत्रकार लामिछानेले कपुरी न्युजलाई जानकारी दिएका छन् ।

नेपाल पत्रकार महासङ्घका ४ जनामा कोरोना सङ्क्रमण देखिएकोमा अन्यको पनि परीक्षण हुनुपर्नेमा वीरगन्जका संन्चारकर्मीहरुले माग गरेका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]