• वैशाख ३०, २०७७
  • जुनकिरी खबर

सुनसरीबाट ठूलो परिमाणको लागूऔषधसहित एकजना पक्राउ

alt

सुनसरीको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराले ठूलो परिमाणको लागूऔषधसहित १ जना पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले सोमबार वराहक्षेत्र नगरपालिका-८ बाट कोशी गाउँपालिका-१ स्थित लौकही बस्ने १९ वर्षका रोशन झालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले नहरको वाटोमा राखेको चेक प्वाइन्टवाट लौकहीबाट स १० प ४६९२ नम्बर पल्सर मोटरबाइकमा आउँदै गरेको झालाई बिहान ४ वजे पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराका प्रहरी निरीक्षक अशोक न्यौपानेले बताए ।

पक्राउ परेका झाको साथबाट २ एम एल को १ सय ५० को दरले लिजेसीक, फेनारगन र डाइजेपाम गरी ४ सय ५० थान इन्जेक्सन एमपुल ६५ बोटल डाइलेक्स २ वोटल फेन्सीडल तथा ६० वटा पत्तामा १४ सय ४० गोटा स्पास्मो प्रोक्सीभेन क्यापसुल, नेपाली ११ हजार ८ सय १० र भारतीय रुपैया १ हजार २ सय ३० रुपैंया र मोबाइल र घडी १-१ थान साथै निलो रंगको स १० प ४६९२ नम्बर मोटरबाइक बरामद गरिएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]