प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोध बीच १० मिनेट चलेर बुधबारको प्रतिनिधिसभाको बैठक सकिएको छ । राष्ट्रिय सभाबाट मंगलबार पारित अर्थ सम्बन्धी चार विधेयक प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी गराएपछि बैठक असार ३० गते बस्ने गरी सकिएको हो ।
दिउँसो १ बजेदेखि सुरु हुने भनिएको बैठक दिउँसो २ः२६ मा सुरु भएर २ः३६ बजे अन्त्य भएको थियो। सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराउन साथ कांग्रेस र राजपाका सांसदले उठेर विरोध गरेका थिए। महराले पटकपटक सीट बस्न आग्रह गर्दा पनि विपक्षीको विरोध जारी भएसँगै उनले बैठकको कारवाही अघि बढ्छभन्दा कांग्रेस र राजपा नाराबाजी गर्दै बेलको पुगेका थिए।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved