• वैशाख ३०, २०७७
  • जुनकिरी खबर

एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध : सबै पास रद्ध

alt

कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिदै गएपछि गृहमन्त्रालयले आवतजावतमा कडाई गर्ने निर्णय गरेको छ । मंगलबार एकै दिन ५७ जनाको रिपोर्ट पोजिटिभ आएपछि मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

मन्त्रालयका शाखा अधिकृत सहदेव गौतमले सार्वजनिक गरेको विज्ञप्तिमा जेठ १ गतेदेखि एक जिल्लादेखि अर्को जिल्लामा अनुमति दिइएका इपास र अन्य पास रद्ध हुने उल्लेख गरिएको छ । 

गृहले जिल्लाभित्र आवतजावतमासमेत कडाई गर्ने निर्णय गरेको छ । सरकारले केही दिनअघिमात्र लकडाउन खुकुलो पार्दै सरकारी कर्मचारी, बैंक, उद्योग र निर्माण क्षेत्रका कर्मचारीलाई कार्यालय आवत जावतका लागि पासको व्यवस्था गरेको थियो । 

गृहले गरेका निर्णय बुँदामा
-एक जिल्लाबाट अर्कोजिल्लामा जाने गरि हालसम्म जारी भएका ईपाससहित सबै सवारी पास रद्ध,
-अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको स्विकृतिमा मात्रै जारी गर्नुपर्ने,
-अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने,
-पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्वीकृति नम्बर समेत समावेश गर्नुपर्ने, 
-पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइ समेत खुलाउनुपर्ने, 
-पासबिना एक जिल्लाबाट अर्को जिल्लामा सवारी आवागमन भएको पाइए तत्काल सुरु जिल्लाले नै अर्को जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने व्यवस्था मिलाउने, 
- सबै निर्णय जेठ १ गतेदेखि लागू हुने । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार  मंगलबार एकै दिन पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा एक गरी ५७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १९१ पुगेको छ। जसमध्ये १५८ पुरुष र ३३ महिला छन्। ३३ जना निको भएका छन्। जसमध्ये तीन जनाको पुनः पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना गरिएको छ।

संक्रमित सबैको आइसोलेसनमा उपचार भइराखेको छ। सबैको स्वास्थ्य अवस्था सामान्य भएको प्रवक्ता देवकोटाले जानकारी दिए। अहिलेसम्म सम्भावित संक्रमित मानिएका २२८ जना आइसोलेसनमा छन्। १२ हजार सात सय ८५ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ। 

मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर १८ हजार ९ सय ६४ र आरडीटी विधिबाट ५९ हजार ६ सय २७ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ३६ जनामा कोरोना परीक्षण गर्दा ५७ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो।  

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]