• वैशाख ३१, २०७७
  • जुनकिरी खबर

सुनसरीकी नर्सको परिवार सहित २० जनाको स्वाब संकलन

alt

भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी सुनसरीकी नर्सको परिवार सहित २० जनाको स्वाब संकलन गरिएको छ । झुम्का घर भएकी नर्स ड्युटीमा फर्केपछि काठमाडौंमा गरिएको स्वास्थ्य परीक्षणको क्रममा कोरोना संक्रमित भेटिएकी थिइन् ।

चैत्र १० गते झुम्का आएकी ति महिला जिल्ला प्रशासन कार्यालय इनरुवाबाट पास बनाएर आफन्तको सहयोगमा मोटरसाइकलबाट भक्तपुर पुगेकी थिइन् ।

कोरोना पोजेटिभ पाइएपछि उनको घर परिवार र आफन्तसँग सम्पर्कमा रहेकाहरुको पहिचान थालिएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए । परिवारका ४ जना सदस्य सहित २० जनाको स्वाब परीक्षण गरिएको प्रजिअ पौडेलले  बताए ।

संक्रमित महिलासँगको क्लोज कन्ट्याकमा रहेका ११ जना र अन्य ९ गरी कुल २० जनाको कन्ट्याक ट्रेसिङ भएको प्रशासनले जनाएको छ । एक अर्काको सम्पर्कका आएकाहरु समेत पहिल्याउने काम भैरहेको प्रशासनले जनाएको छ ।

सुनसरी प्रशासनका अनुसार कोरोना संक्रमित भेटिएकी महिला दिदीको घरमा समेत बसेको पाइएको छ । संक्रमितकी दिदी रामधुनी नगरपालिकाको वडा सचिव हुन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]