• जेठ १, २०७७
  • जुनकिरी खबर

पाँचथरमा पनि नेपाली भूमि कब्जा

alt

पश्चिम नेपालको लिपुलेक कब्जा गरेर सडक बनाएको भारतले पूर्वको पाँचथरमा पनि नेपाली जमिनमा आधिपत्य जमाएको छ। भारतसँग सीमा जोडिएको पाँचथरको फालेलुङ गाउँपालिकाको नेपाली भूमि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कब्जा गरेको हो।

पछिल्लो समय सार्वजनिक भएको नक्साबमोजिम सीमा क्षेत्रको नेपाली भूमि भारतमा परेको उसको दाबी छ। एसएसबीले फालेलुङ गाउँपालिका–६ को सन्तकपुर आहालगैरी क्षेत्रको नेपाली भूमिमा आधिपत्य जमाएको छ। उक्त क्षेत्र पाँचथरको फालेलुङ, इलामको सन्दकपुर र भारतको पश्चिम बंगालसँग जोडिएको छ। 

सीमा स्तम्भभन्दा करिब ४ सय मिटर नेपालतर्फको जमिन एसएसबीले कब्जा गरेको हो। अतिक्रमित जमिनमा तीन वटा पिलर (सीमास्तम्भ) छन्। एउटा जंगे पिलर पनि छ। दुई सीमा स्तम्भबीच एउटा हटाइएको छ। जंगे पिलरभन्दा करिब ४ सय मिटर नेपालतर्फको जमिनमा एसएसबीले कब्जा जमाएको हो।

नेपाली भूमि भारतले कब्जा गरेको थाहा भएपछि फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ नेतृत्वले एसएसबीसँग मंगलबार वार्ता गरेको थियो। वार्तामा माथिको निर्देशनअनुसार आफूले सीमा क्षेत्रको जमिन नियन्त्रणमा लिएको एसएसबीको कमान्ड गरिरहेका रिक्सल कुमारले बताएको राईले जानकारी दिए। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]