• जेठ २, २०७७
  • जुनकिरी खबर

प्रदेशमा ५० शैयाको सरुवा रोग अस्पताल बनाइने

alt

सरकारले सरुवा रोग उपचार र रोकथामको लागि केन्द्र र प्रदेशमा छुट्टाछुट्टै अस्पताल बनाइने भएको छ । कोरोना जस्ता संक्रामक रोगको निदान, रोकथाम, नियन्त्रण तथा उपचारको लागि केन्द्रमा ३०० सय शैया र प्रदेशस्तरमा ५० शैयाको छुट्टै सरुवा रोग अस्पताल स्थापना गर्ने भएको हो ।

भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहका ५ देखि १५ शैयाको अस्पताल स्थापना हुने भएको छ। यस्तै, हालको अञ्चल अस्पताललाई २ सय शय्‍याको जनरल अस्पतालमा रुपान्तरण गरिने भएको छ।भने पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी, डडेल्धुरासहितका केन्द्रीय अस्पताललाई ५ सय शैयाको विशेषज्ञसहितको अस्पताल स्थापना गरिने भएको छ।

‘निरोगी नेपाल निर्माण सरकारको मूल स्वास्थ्य नीति हो,’ उनले भनिन्, ‘निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने, सबै स्थानीय तहका वडामा पूर्ण खोप पुर्‍याउने।’ राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय सरकारले आगामी आर्थिक २०७७/७८ को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुतमा सो कुरा उल्लेख गरेकी हुन्।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]