• जेठ ४, २०७७
  • जुनकिरी खबर

काकडभिट्टा–इनरुवा रेल बनाइने, झापामा पेट्रोल पाइपलाइन

alt

 सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेश १ का विभिन्न योजनाहरु समेटिएका छन् । नीति तथा कार्यक्रमले कोशी लगायतका अन्य ठुला नदीमा आधारित थोक वितरण प्रणाली तथा जलाशययुक्त खानेपानी आयोजनाको विस्तृत अध्ययन गरी कार्यान्वयन गरिने उल्लेख गरेको छ भने आगामी आर्थिक बर्षमा पुर्वपश्चिम विद्युतीय रेलमार्ग आयोजनाको पुर्व तयारीका कार्य सम्पन्न गरी काकडभिट्टा इनरुवा खण्डको निर्माण प्रारम्भ गरिने भनिएको छ ।

यस्तै, किमाथांका तथा ओलाङ्चुङगोलामा व्यापार पुर्वाधारको सम्भाव्यता अध्ययन र विकास गर्ने भनेको छ भने भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन गरी निर्माण प्रक्रिया अगाडि बढाइने उल्लेख छ । यसैगरि, मदन भण्डारी राजमार्गलाई पाँच बर्षभित्र सम्पन्न गर्ने गरी आगामी आर्थिक बर्ष १५५ किलोमिटर सडक कालोपत्रे गर्नुका साथै झापा धरान खण्डमा पुल तथा सडक निर्माण कार्य थालिनेछ भने पुर्वपश्चिम राजमार्गको सम्पुर्ण खण्डलाई चार लेनको द्रुतमार्गकोरुपमा विकास गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

झापाको दमकमा औद्योगिक क्षेत्रको लागि आवश्यक पुर्वाधार तयार गरिनेछ । चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थ भण्डारण गृहको निर्माण कार्य प्रारम्भ गरिनेछ । झापा र धनुषामा ग्याँस बोटलिङ प्लान्ट निर्माण कार्य अघि बढाइनेछ ।

तेह्रथुमको चुहान डाँडा र काभ्रेपलाञ्चोकको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल निर्माण कार्य अघि बढाइनेछ ।

आकस्मिक र विपद्का अवस्थामा तथा ग्रामिण वस्तीहरुमा खानेपानी सेवा पुर्याउन सातै प्रदेशमा वाटर एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ, यो सेवालाई थप विस्तार गरिनेछ ।

कोशी र कर्णाली करिडोर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गरी स्तरोन्नती थालिनेछ । भारतीय आन्तरिक जलमार्गसँग जोडिने गरी कोशी, गण्डकी र कर्णाली जलमार्ग विकास गरिनेछ ।

दुई बर्षभित्र प्रदेश नम्बर एकमा पुर्ण विद्युतीकरण गरिनेछ । राष्ट्रिय प्रसारण तथा वितरण प्रणाली नपुगेको हिमाली तथा उच्च पहाडी क्षेत्रमा २ सय वटा सौर्य मिनी ग्रिड सञ्चालन गरी विद्युतीकरण गरिनेछ ।

तमोर र माडी जलाशययुक्त जलविद्युत आयोजनाको अध्ययन सम्पन्न गरी सार्वजनिक निजी साझेदारीमा निर्माण कार्य अघि बढाइनेछ । कोसी कोरिडोरको अध्ययन सम्पन्न गरी निर्माण सुरु गरिनेछ ।

तमोर चिसाङ डाइभर्सन आयोजनाको अध्ययन सम्पन्न गरी सम्भाव्यता तथा प्राथमिकताका आधारमा कार्यान्वयन अघि बढाइनेछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]