• जेठ ४, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा १२ हजारभन्दा बढीको कोरोना परीक्षण

alt

केही दिनयता कोरोना परीक्षणलाई तीव्रता दिइएपछि प्रदेश १ मा नमुना संकलन परिमाण बढाइएको छ । पछिल्लो तथ्यांक अनुसार प्रदेश १ मा १२ हजारभन्दा बढीको परीक्षण गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार पीसीआर विधिबाट तीन हजारभन्दा बढीको परीक्षण गरिएको छ । यस्तै आरडिटी विधिबाट ९ हजारभन्दा बढीको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी मोरङका विभिन्न स्थानमा राखिएका सार्वजनिक क्वारेन्टाइनमा बसेकामध्ये २ सय १८ जना घर फर्किएका छन् । भारत, अरु देश र मुलुकका विभिन्न स्थानबाट आएका गरी २ सय ६२ जना क्वारेन्टाइनमा बसिरहेका थिए । तीमध्ये २ सय १८ जना घर फर्केको मोरङ प्रहरीले जनाएको छ ।

अब क्वारेन्टाइनमा बसिरहेकामा १० जना महिला र ३४ जना पुरुष छन् । प्रहरीका अनुसार क्वारेन्टाइनमा बस्दा नियमित स्वास्थ्यकर्मीको रेखदेख र परीक्षण गरिएको थियो । त्यसक्रममा कुनै समस्या नदेखिएपछि घर फिर्ता पठाइएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]