• जेठ ४, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा स्वास्थ्यकर्मीसहित तीन जनामा कोरोना संक्रमण

alt

आइतबार प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।

धनकुटामा ३४ वर्षकी महिलामा संक्रमण पुष्टि भएकोछ । संक्रमित धनकुटाकी महिला स्वास्थ्यकर्मी रहेको सामाजिक विकास मन्त्री घिमिरेले पुष्टि गरे । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले पनि आइतबार साँझ विज्ञप्ति निकालेर तीन जनामा स‌ंक्रमण पुष्टि गरेको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । मध्ये १७ जना उपचारपछि निको भएका छन् ।

यसअघि आइतबार बिहान पनि थप १० जनामा कोरोना पुष्टि भएको थियो । संक्रमित  सबै रौतहटका हुन् । उनीहरु हालै मात्र भारतबाट नेपाल आएको खुलेको छ ।

यस्तै आइतबार कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । बाँकेमा क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको  कोरोनाबाट मृत्यु भएको पुष्टि भएको हो । उनको रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्य मन्त्रालयले मृत्युको कारण कोरोना भएको बताएको हो ।

आइतबार मात्रै थप १३ जना नयाँ संक्रमित र एकजना मृतकमा पनि कोरोना पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको कूल संख्या २९५ पुगेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]