• जेठ ६, २०७७
  • जुनकिरी खबर

सुनसरीको गढी गाँउपालिकाको क्वारेन्टाइनमा बसेका युवामा कोराना पुष्टि

alt

सुनसरीमा कोरोना संक्रमित देखिएका युवा साविक मधेली हाल गढीगाँउपालिका वडा नम्बर १ को भएको पाइएको छ । दुहबी नगरपालिका पश्चिम, इनरुवा नगरपालिका पूर्व र इटहरी उपमहानगरपालिका दक्षिणमा रहेको गढीगाँउपालिका वडा नम्बर १ को सिमा क्षेत्र भनेको इटहरी उपमहानगरपालिका वडा नम्बर १२ खनार पर्दछ ।
गढीगाँउपालिका वडा नम्बर १ का ती युवा रोजगारका लागि भारत गएका थिए । ६ दिनअघि भारततर्फ आशंकि रेल संचालन भएपछि आएका उनलाई जोगवनी नाकाबाट गाँउपालिकाकै पहलमा एम्बुलेन्समा हालेर सिधै गढीगाँपालिका कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा ल्याएर राखेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोदकुमार चौधरीले बताए ।

उनिसंगै ५ जनालाई ल्याएर क्वारेन्टाइनमा राखेकोमा स्वाब परीक्षण गर्दा उनमा चाँही कोरोना संक्रमण पुष्टि भएको चौधरीले बताए । उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल लगिने प्रमुख प्रशासकिय अधिकृत चौधरीले बताए । प्रमुख प्रशासकिय अधिकृतका अनुसार संक्रमित युवालाई सिधै क्वारेन्टाइनमा ल्याएर राखिएकाले उनीबाट बाहिर संक्रमण फैलिएको छैन । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]