• असार २६, २०७६
  • जुनकिरी खबर

प्रतिबन्धपछि चन्द समूहका ८ कार्यकर्ता मारिए

alt

सरकारले नेत्रविक्रम चन्द समूहलाई प्रतिबन्ध लगाएपछिको द्वन्द्वका क्रममा चन्द समूहका ८ नेता–कार्यकर्ता मारिएका छन् । चन्द समूहको आक्रमणमा एक सर्वसाधारण र एक प्रहरी जवानको पनि ज्यान गएको छ ।

पछिल्लोपल्ट बुधबार भोजपुरमा ओखलढुंगा इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जीव राई मारिएका हुन् । भोजपुरमा दुई, सर्लाहीमा एक, काठमाडौं विस्फोटमा ५ गरी चन्द समूहका ८ जना मारिएका हुन् । काठमाडौ विस्फोटमा एक सर्वसाधारणको पनि ज्यान गएको थियो ।

प्रतिबन्धयताको अवधिमा दुई प्रहरीसहित ९ जना घाइते छन् ।


नेकपा संसदीय दलको चैत ११ को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र नेत्रविक्रम चन्द समूहलाई सरकारले निस्तेज पारिसक्ने दाबी गरेका थिए । प्रधानमन्त्रीको यस्तो दाबीपछिका चार महिनामा पटकपटक चन्द समूह र प्रहरीबीच देशका विभिन्न स्थानमा भिडन्तको अवस्था सिर्जना भएको देखिन्छ ।
फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएपछि उक्त समूहका नेता तथा कार्यकर्तामाथि निगरानी बढाउन, सार्वजनिक रूपमा कार्यक्रम गर्न नदिन सुरक्षा निकायलाई परिचालन गरिएको थियो । सरकारी निर्णयपछि प्रहरीले देशैभर चन्द समूहका नेता तथा कार्यकर्ता पक्राउ तीव्र पारेको थियो ।

१० चैतमा गृह मन्त्रालयले चन्द समूहलाई प्रत्यक्ष–परोक्ष सहयोग पुर्‍याउने व्यक्ति, संस्था वा समूहलाई समेत कारबाहीको दायरामा ल्याइने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]