• जेठ ७, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा २६ जनाले कोरोना जितेर घर फर्किए

alt

एक नम्बर प्रदेशबाट बुधबार थप आठ जना कोरोना संक्रमणबाट निको भएका छन् । कोरोनालाई जितेर विराटनगरस्थित कोभिड–१९ अस्पतालबाट डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका अस्पतालले जनाएको छ ।

डिस्चार्ज हुनेमा उदयपुरका ४६ वर्षीय, २८ वर्षीय, ४० वर्षीय, र भारतीय नागरिकहरू २२ वर्षीय, २५ वर्षीय, ६६, वर्षीय, २८ बर्षीय र १८ वर्षीय रहेका छन् । गुड्डु आलम रहेका छन् ।

उनी वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए ।
५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइनमा र उदयपुरका ३ जनालाई भुल्केको क्वारेन्टाइनमा पठाइएको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् ।

प्रदेश १ मा ५९ संक्रमित मध्य २६ जना उपचार पछि घर फर्केका छन् । कोभिड अस्पतालमा अहिले २८ जना उपचाररत रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४५ पुगेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]