• जेठ ९, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा पीसीआर विधिबाट दैनिक हजार परीक्षण गर्ने तयारी

alt

दिनहुँ संक्रमित बढिरहेको प्रदेश १ अब परीक्षणको क्रम अझ बढाइने भएको छ । मुख्यमन्त्री शेरधन राईले दैनिक एक हजारको संख्यामा पीसीआर परीक्षण गर्ने तयारी भइरहेको बताएका छन् ।

परीक्षणका लागि थप दुईवटा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइने उनको भनाइ छ । हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित कोसी अस्पताल र प्रादेशिक प्रयोगशालामा पीसीआर विधिबाट शंकास्पद संक्रमितको स्वाब नमुना परीक्षण भइरहेको छ । परीक्षणको दायरा बढाउँदा संक्रमितहरुको संख्या बढिरहेको उनको भनाइ छ ।

प्रदेशभर बिहीबारसम्म पीसीआर विधिबाट चार हजार जनाको परीक्षण भइसकेको मुख्यमन्त्री राईले बताए । भिडियो सन्देशमार्फत उनले दिएको जानकारीअनुसार आरडीटी विधिबाट १० हजारभन्दा बढीको परीक्षण गरिएको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार गम्भीरतासाथ लागिरहेको मुख्यमन्त्री राईले बताएका छन् । उनले लकडाउनको पालना गर्न आग्रह गर्दै संक्रमण फैलन नदिन सबैले जिम्मेवार हुनुपर्ने बताए । दिनहुँ संक्रमण बढ्दै जाँदा त्रास फैलिएको हुन सक्ने भन्दै यो बेला सबैले सुरक्षित भएर घरमै बस्न उनले आग्रह गरेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]