• जेठ ९, २०७७
  • जुनकिरी खबर

‘डिएसपी विनोद शर्माले लागुऔषध राखेर फँसाए’

alt

 डिएसपी बिनोद शर्माले निर्दोष व्यक्तिलाई हतियार र लागुऔषध राखेर फसाएको सुनसरीको कोशी गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

वडाध्यक्ष विन्देश्वर यादव सहितका स्थानीय अगुवाहरुले कृष भनिने कृष्ण कुमार यादवलाई प्रहरीले सुनियोजित रुपमा फसाउन खोजेको आरोप लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट भाण्टाबारी बजार पुगेको डिएसपी शर्मा नेतृत्वको टोलीले कृषलाई पक्राउ गरी लगेकोमा भोक्राहा खण्डमा पुगी हतियार र लागुऔषध गाडीमा राखी मुचुल्का बनाएको आरोप लगाइएको छ ।

पक्राउ गर्दैगर्दा गाडी सर्च गरिएको र पानीका बोतल बाहेक केहि नभेटेको अवस्थामा कृष र उनका चालकलाई नियन्त्रणमा लिई लगेकोमा भोक्राहामा गाडी रोकी हतियार र लागुऔषध भेटिएको भनि गरिएको मुचुल्का प्रकृया बनावटी र सुनियोजित भएको बिहीबार गरिएको पत्रकार सम्मेलनमा दाबी गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै निर्माण व्यवसायी तथा नेता अजय कुशियतले प्रहरीको व्यवहार र शैली शंकास्पद र सुनियोजित देखिएकाले निस्पक्ष छानबिनका लागि राष्ट्रिय मानव अधिकारसम्म गुहारिने बताए ।

उनको साथबाट प्रहरीले एकथान कटुवा पेस्तोल, तीन थान गोली र लागुऔषध बरामद गरेको जनाएको छ । कृष लामो आपराधिक पृष्ठभूमीका व्यक्ति हुन् । यसअघि पनि उनी सुनसरी प्रहरीद्वारा पक्राउ परेकोमा छुटेका थिए ।

तर उनी पक्राउ परेको रेकर्ड प्रहरीमा छैन । अहिलेकै डीएसपी विनोद शर्माले पनि यसअघि एकपटक समातेको तर पछि छाडिदिएको बताइएको छ ।

‘यो मान्छे आपराधिक पृष्ठभूमीकै मान्छे हो, तर यो पटक भने फँसाइएको हो,’ स्रोत भन्छ ।

प्रहरीले भने भन्टाबारीमा समातिएपनि पक्राउ गरेर ल्याउने क्रममा भाग्ने डरले भोक्राहा नर्सिङमा थप प्रहरी बोलाएर चेकजाँच गरिएको जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]