• जेठ १०, २०७७
  • जुनकिरी खबर

ढोंगी बाबाको आश्रममा अब कोरोना उपचार केन्द्र

alt

सुनसरीको वराहक्षेत्र नगरपालिका २ चतराधामस्थित बलात्कारका अभियुक्त्त सिद्धबाबा भनिने कृष्णदास गिरी प्रमुख संरक्षक रहेको रामानन्दचार्य सेवा पीठ आश्रमलाई प्रदेश नं १ सरकारले कोभिड १९ उपचार केन्द्र स्थापना गराउने निर्णय गरेको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थित चतराधाममा २०६७ मा स्थापना भएको उक्त्त आश्रम भित्र प्रशस्त भौतिक संरचना प्रयोग बिहिन अवस्थामा रहेकोले शुक्रबार बसको प्रदेश सरकारको प्रदेश नं १ को क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले कोभिड १९ को रोकथाम र उपचारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन क्वारेन्टाइन र उपचार केन्द्र थप्नुपर्ने भएपछि प्रयोगबिहिन अवस्थामा रहेको सिद्धबाबा आश्रमलाई पनि उपचार केन्द्र बनाउने निर्णय गरेको हो । कोरोना संक्रमितहर बढन थालेपछि प्रदेश नं १ मा ब क्वारेन्टाइनमा १५ हजार र उपचार केन्द्रमा ८ सय ५० शैया थप गरिने भएको छ ।

सरकारको निर्णय अनुसार कृष्णदास आश्रम बराहश्रेत्रमा २ सय शैयाको उपचार केन्द्र सञ्चालन हुनेछ । सिद्धबाबा आश्रम परिसर भित्र ८ बिगाहा जग्गामा बनाएको १ सय २८ कोठे भवनसहित एक हजार जनाले योग गर्न सक्ने सभाहल र अन्य संरचनाहरु खाली अवस्थामा छन । २६ माघमा २०७५ मा राष्ट्रपति बिद्यादेवी भण्डारीलाई नक्सा पास नगरि बनाइएको १ सय ८ कोठे उक्त्त भवन सिद्धबाबा भनाउने कृष्णदास गिरिले राष्ट्रपतिबाट उदघाटन गर्न लगाएका थिए । गिरिले उक्त्त भवन आफना शुच्छेकहरुबाट पितृका नाममा चन्दा संकलन गरेर बनाउन लगाएका थिए । तीन तले तीन वटा सुबिधा सम्पन्न उक्त्त पक्की भवन एक सय दिनमै निर्माण गराइएको थियो । नमुना कन्ट्रक्सन कम्पनी प्रालीले ८ करोड ५० लाखको लागतमा एक सय दिनमै निर्माण सम्पन्न गरेको उक्त्त भवनका हरेक कोठा दाताहरुले आफनो पित्तृको सम्मानमा निर्माण गरिदिएका थिए ।

ऋाफनै अनुयायीलाई बलात्कार गरेको आरोपमा कृष्णदास जेल गएपछि स्थानियले कृष्णदासको रामानन्दचार्य सेवा पिठलाई सरकारले आफनो सम्पत्तीमा दाखिला गर्नुपर्ने माग गर्दै आएका थिए । लगत्तै कोभिड संक्रमण सुरुभएपछि आश्रमभित्र रहेको भवनलाई क्वारेन्टाइन वा उपचार केन्द्र बनाउन स्थानियले प्रदेश सरकारलाई आग्रह पनि गर्दै आएका थिए । सरकारले आवश्कपरेमा आश्रमलाई उपचार केन्द्रका रुपमा लिनसकिने बताउदै आएको थियो ।

४ कार्तिक २०७६मा आफुलाई आश्रम भित्रै बलात्कार गरेका भन्दै उनकै अनुयायी महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि पक्राउ परेका कृष्णदास हाल पुर्पक्षकालागि झुम्का कारागारमा छन । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]