• जेठ १२, २०७७
  • जुनकिरी खबर

संक्रमण नदेखिएका पूर्वका ४ जिल्ला कति सुरक्षित ?

alt

प्रदेश १ को पूर्वी-दक्षिणी जिल्ला झापामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । त्यससँग जोडिएको इलाममा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । इलाम हुँदै झापाको बिर्तामोडमा व्यापारिक कारोबार गर्ने इलाममाथिमा पाँचथर र ताप्लेजुङमा पनि संक्रमित भेटिएका छैनन् ।

यी दुई जिल्लाले मेची राजमार्गको प्रयोग गर्छन् र झापासँग प्रत्यक्ष जोडिन्छन् । झापादेखि ताप्लेजुङसम्मका ४ जिल्ला भारतसँग सिमाना जोडिएका जिल्ला पनि हुन् ।

पाँचथर र ताप्लेजुङसँग जोडिएको तेह्रथुममा पनि अहिलेसम्म संक्रमण देखिएको छैन । यी पहाडी चारै जिल्लाका जनस्वास्थ्य अधिकृत तथ्यांकीय हिसाबले आफूहरुको जिल्ला सुरक्षित रहेको बताउँछन् ।

प्रदेश १ का १४ मध्ये ७ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । सबैभन्दा बढी झापामा ३५ जनामा संक्रमित छन् । उदयपुरमा ३३ जनामा संक्रमण पाइएको छ । धनकुटामा ७, मोरङमा ६, सुनसरीमा ३, खोटाङ र भोजपुरमा एक–एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

परीक्षणका हिसाबले ४ मध्ये तेह्रथुम सबैभन्दा अगाडि छ । जनस्वास्थ्य अधिकृत योगराज घिमिरे अहिलेसम्म २ सय ११ जनाको पीसीआर परीक्षण गरिएको बताउँछन् । यीमध्ये १ सय ९१ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । आठराईका १७ जनाको आउन बाँकी छ । '६ सय ८० जनाको आरडीटी गरिएको छ,' उनले भने, 'ताप्लेजुङ र धनकुटाजस्तो अन्य जिल्लामा रहेकालाई तेह्रथुममा धेरै संख्यामा ल्याइएन । बाहिरबाट जति आए सबैको परीक्षण गरियो । एक गाउँपालिकाबाट अर्कोमा जाने हरेक नागरिकले स्वास्थ्य परीक्षण गराउनुपर्ने प्रावधान मिलाइएको छ ।' उनका अनुसार बाहिरबाट आएकालाई स्वास्थ्य जाँच र क्वारेन्टाइन अनिवार्य गरियो । केन्द्र र प्रदेशको पर्खंदा ढिलो हुन सक्ने भएकाले स्थानीय तहलाई भीटीएम किन्न अनुरोध गरिएको र अधिकांशले किनेकाले परीक्षणमा पनि यहाँ कुनै समस्या छैन ।

तेह्रथुमपछि धेरै परीक्षण पाँचथरले गरेको छ । जनस्वास्थ्य अधिकृत नारद सुवेदीले पाँचथरमा १ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको बताए । संक्रमण रोकथामका लागि खटिएका सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, एम्बुलेन्स चालकलगायत जोखिम आशंका गरिएकाहरुको परीक्षण गरिएको हो । १३ सय जनाको आरडीटी गरिएको छ ।

भारत र झापासँग जोडिएको इलाममा ४६ जनाको पीसीआर गरिएको जनस्वास्थ्य अधिकृत बृजकुमार दासले बताए । उनका अनुसार जिल्लामा ८९ वटा भीटीएम मौज्दात छ । ६ सय ३५ जनाको आरडीटी गरिएको छ ।

यी ३ जिल्लाको तुलनामा ताप्लेजुङमा सबैभन्दा कम परीक्षण भएको छ । जनस्वास्थ्य अधिकृत राजकुमार पोख्रेल अहिलेसम्म ३१ जनाको पीसीआर, ४ सय ५८ को आरडीटी गरिएको बताउँछन् । यहाँ ९० थान भीटीएम बाँकी छ ।

पाँचथरका अधिकृत सुवेदीले आफ्नो जिल्लालाई कसरी सुरक्षित बनाउने भनेर साझा सहमति बनाएर अघि बढेको बताए । ‘परीक्षणलाई बढायौं र सबै क्षेत्रलाई समेट्ने गरी परीक्षण गर्‍यौं,’ उनले भने, ‘यो हाम्रो अवस्था कस्तो छ भनेर गरिएको हो ।’

इलाममा भने २ हजार भीटीएम खरिद प्रक्रियामा रहेको दासले बताए । ताप्लेजुङले पनि स्थानीय तहका लागि खरिद प्रक्रिया बढाएको छ । खरिदका लागि ९ वटै स्थानीय तहले सहमति जनाएका छन् । तर ताप्लेजुङ र इलाम परीक्षणमा भने कमजोर देखिएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]