• जेठ २१, २०७७
  • जुनकिरी खबर

करको म्याद असार मसान्तसम्म कायम गर्न व्यवसायीहरूको माग

alt

सुनसरी उद्योग वाणिज्य सङ्घले अर्थमन्त्रीलाई कर विवरण एवं कर रकम बुझाउने म्याद थप गर्न माग गर्दै इमेल मार्फत ध्यानाकर्षण पत्र पठाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिनका लागि नेपाल सरकारले गएको चैत ११ गते देखि लागु गरेको लकडाउन अहिले सम्म निरन्तर जारी रहेकोले अति आवश्यक वस्तुहरू बाहेक देशको अर्थतन्त्र, उद्योग, व्यापार, व्यवसाय ठप्प रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यस्तो परिस्थितिमा उत्पादन, विक्री वितरण लगायतका आपूर्ति प्रणाली अत्यन्त नाजुक अवस्थामा पुगेको उल्लेख गर्दै राजश्व विभाग बाट आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क विवरण र कर रकम बुझाउने म्याद यही २०७७ साल ज्येष्ठ २५ गते देखी ज्येष्ठ ३२ गतेसम्म निर्धारण गरी सूचना जारी गरेको छ । यसबाट हामी उद्योग व्यवसायीहरू थप आक्रान्त र हतोत्साहित भएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

लकडाउनको समयमा घरबाहिर निस्कने अनुकूल अवस्था नरहेको हुँदा कसरी कर रकम र विवरण बुझाउने ? तसर्थ माननीय मन्त्री समक्ष आयकर , मूल्य अभिवृद्धि कर, अन्तःशुल्क विवरण र कर रकम बुझाउने म्याद यही २०७७ असार मसान्तसम्म थप गर्ने वातावरण मिलाई उद्योग व्यवसायीहरूको मनोबल उच्च राख्न र उपयुक्त औद्योगिक एवं व्यावसायिक कायम राख्नका लागि अनुरोध गरेको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष गिरीधारी सापकोटाको हस्ताक्षर रहेको सो ध्यानाकर्षण पत्र आज नै इमेल मार्फत अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई पठाई सकिएको सुनसरी उद्योग वाणिज्य सङ्घका सदस्य विष्णु बरालले जानकारी दिएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]