• जेठ २४, २०७७
  • जुनकिरी खबर

प्रदेश १ को नीति तथा कार्यक्रम : स्वास्थ्य, कृषि र राहतमा बजेट

alt

लकडाउनको मार खेपेका कृषकलाई राहत प्याकेजसहित बेरोजगारलाई स्वरोजगारमुलक परियोजन प्राथमिकतामा राख्दै प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। 

कृषकलाई राहतसहित कृषि र स्वास्थ्यमा बढी लगानी समेटेको नीति तथा कार्यक्रम शुक्रबार प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले प्रदेशसभामा पेश गरेका हुन्। कोरोना भाइरस (कोभिड–१९)को असर सबैभन्दा बढी कृषिमा परेकोले कृषकलाई सुरुवातमा ४५ करोड बराबरको विशेष राहत दिने र त्यसपछि कृषि पेशामा लगानी गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। 

कोरोना भाइरस नियन्त्रण र आगामी समय देखिने महामारीसँग जुध्न प्रभावित क्षेत्र पहिचान गरी नीति तथा कार्यक्रम तयार पारिएको प्रमुख प्यासीले सदनमा जनाए। ‘आगामी आर्थिक वर्षमा प्रदेशका बेरोजगार युवाका लागि उत्पादनशील रोजगारी व्यवस्थापन गर्न उद्योग र भौतिक पूर्वाधार विकास उच्च प्राथमिकतामा रहन्छ नै, त्यससँगै कृषि र स्वास्थ्य पहिलो प्राथमिकतामा हो,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भने, ‘सरकारको पहिलो प्राथमिकता कोरोना महामारीसँग जुध्ने हो।’

प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, सुरक्षा, सूचना, प्रविधि र वन तथा वातावरणको क्षेत्रलाई सरकारले उच्च महत्वका साथ राखेको छ। वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्कने युवाका लागि स्वरोजगारमुलक परियोजना सञ्चालन गर्ने, त्यस्ता परियोजनामा कृषि र उद्योगलाई प्राथमिकता दिने बताइएको छ। करिब २ लाखसम्म युवा प्रदेश १ मा फर्कन सक्ने आँकलन गर्दै यसरी फर्कनेका लागि रुचिअनुसार कार्यक्रम तर्जुमा गर्न प्रदेश योजना आयोगबाट अनलाइन फारम आह्वान गरिने सरकारको योजना छ।

मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम र मेरो कृषि, मेरो पौरख भन्ने नाराका साथ प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रम कार्यान्वयन गर्नेे घोषणा गर्दै प्रदेश १ सरकारले कृषिक्षेत्रको आत्मनिर्भरतालाई कायम राख्दै अझ समृद्ध बनाउन स्थानीय तह, सहकारी एवम् निजीक्षेत्र, बैंक तथा वित्तिय क्षेत्र र स्वीस विकास नियोग समेतसँगको सहकार्यमा कार्यान्वयन हुने गरी एक कोरोना पुनरुत्थान कोष खडा गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]