• जेठ २५, २०७७
  • जुनकिरी खबर

कोशीमा हात्तीले जन्मदिएको बच्चा केही घण्टामै मृत्यु भयो

alt

कोशीटप्पु वन्यजन्तु आरक्षमा हात्तीले जन्मदिएको बच्चा केही घण्टामै मरेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षका लक्ष्मीकली हात्तीले शुक्रबार साँझ ५ बजेतिर जन्मदिएको एक बच्चा राति ११ बजे मरेको हो ।

कोशीटप्पु वन्यजन्तु आरक्षमा हेरचाह गर्ने प्राविधिक नहुँदा हात्तीको बच्चाको ज्यान गएको स्थानीयहरूले दाबी गरे पनि समय अगावै हात्तीले बच्चा जन्म दिएकोले मरेको आरक्ष प्रशासनले जनाएको छ । यद्यपि सरुवा भएदेखि अर्को प्राविधिक कोशीटप्पुमा ल्याउन आरक्ष प्रशासनले पहल नगर्दा हात्तीको उपचारमा समस्या आउने गरेको बताइएको छ । कोशी टप्पुको आफ्नै प्राविधिक नहुँदा लक्ष्मीकली हात्तीले जन्माएको बच्चाको स्वास्थ्य अवस्था अत्यन्तै कम्जोर हुँदा गाउँका प्राविधिकबाट उपचार गराइएको थियो । जबकि हात्तीको उपचारमा तालिम प्राप्त र अनुभवी प्राविधिकको आवश्यक पर्ने जानकार बताउँछन् ।

कोशीटप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन तथा सूचना अधिकारी सन्तोषकुमार भगतले सामान्यतया २२ देखि २४ महिनासम्ममा हात्तीले बच्चा जन्म दिनुपर्नेमा १३ वर्षको लक्ष्मीकलीले १६ महिनामै जन्म दिएकोले अकालमा बच्चाको मृत्यु भएको बताए ।

लकडाउनको समयमा चितवनबाट प्राविधिकको टोली ल्याउने तयारी गरे पनि समय नपुगेकोले बच्चाको अवस्था कम्जोर भएको हुँदा बचाउन नसकिएको उनले बताए । कोशी गाउँपालिकामा प्राविधिक भए पनि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयबाट सहयोगका लागि खबर नआएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् । हात्तीले जन्माएको बच्चा मरिसकेपछि मात्र दु:खद खबर आफूले जानकारी पाएको उनले बताए । कोशीटप्पु वन्यजन्तु आरक्ष सबैको साझा सम्पत्ति भए पनि अहिलेको आरक्ष प्रशासन एकलौटी चल्न खोजेको अन्सारीको आराेप छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]