• जेठ २६, २०७७
  • जुनकिरी खबर

जोगबनीबाट १ हजार ७ सय ४ आए, २ हजार २ सय ७० बाहिरिए

alt

भारतका विभिन्‍न स्थानबाट सीमा नाकामा आएर बसिरहेका १ हजार ७ सय ४ जनालाई प्रहरीले नेपाल प्रवेश गराएको छ ।

दुई साताको अवधिमा २ सय ४४ महिलासहित त्यति संख्याका नेपालीलाई प्रवेश गराइएको मोरङ प्रहरीले जनाएको छ ।

नेपाल प्रवेश गराइएकाहरुलाई विभिन्‍न स्थानमा राखिएको होल्डिङ सेन्टर र क्‍वारेन्टाइनमा राखिएको छ । यसैगरी उक्त अवधिमा जोगबनी नाका भएर ४ सय ६७ महिलासहित २ हजार २ सय ७० जना भारतीय नागरिकहरुलाई भारततिर पठाइएको प्रहरीले जनाएको छ ।

दुई सातायता दुवै देशका सुरक्षाकर्मीको समन्वयमा नागरिकहरुलाई आ–आफ्ना ठाउँमा पठाउने काम भइरहेको मोरङ प्रहरीको भनाइ छ ।

भारतबाट नेपालीहरु भित्रिने क्रम बढेसँगै मोरङमा क्‍वारेन्टाइन र होल्डिङ सेन्टरको संख्या पनि बढाइएको छ । मोरङका विभिन्न स्थानीय तहमा गरी ७१ स्थानमा क्‍वारेन्टाइन छन् ।

सोमबार साँझसम्म ती स्थानमा बस्‍नेको संख्या १ हजार २ सय ६८ पुगेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]