• जेठ २९, २०७७
  • जुनकिरी खबर

निजी सवारीमा जोरबिजोर प्रणाली : कार्यालय दुई 'सिफ्ट'मा खुल्ने

alt

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएको भन्दै तत्काल सार्वजनिक सवारी सञ्चालन नगर्ने निर्णय गरेको छ। निजी सवारी साधन भने जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ। 

बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यो जानकारी दिएका हुन्। 

खतिवडाका अनुसार निजी र सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ। भौतिक दूरीलाई व्यवस्थित गर्न र भिडभाड कम गर्न सरकारले यो निर्णय गरेको हो। तत्कालका लागि बिहान आठबजेदेखि दिउँसो एक बजेसम्म र दिउँसो १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ। 

खतिवडाका अनुसार सवारी साधनमा चढ्दा गाडीको सिटको एकतर्फको सिटमा एकजना मात्र बस्नु पर्ने र मास्क अनिवार्य लगाउनुपर्ने निर्णयसमेत सरकारले गरेको छ।

सरकारले तत्काल सञ्चालन गर्न नमिल्ने विभिन्न क्षेत्रमाथि लकडाउनलाई निरन्तरता दिएको छ । जसमा शैक्षिक संस्थादेखि खेलकुद मैदान हुँदै शैलुनसम्म परेका छन् । 
सञ्चालन नगर्ने 
-शैक्षिक संस्था (विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर र तालिम केन्द्र), 
-अनुमति प्राप्तबाहेक आन्तरिक र अन्तराष्ट्रिय उडान,
-तोकिए बाहेकका अन्तराष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,
-सबै प्रकारका तालिम, गोष्टी, सभा र सेमिनार, 
-सबै प्रकारका प्रदर्शन भेला र सम्मेलन,
-सिनेमाहल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरञ्जनस्थल,
-सार्वजनिक पुस्तकालय, सग्राहालय, चिडियाखाना, शैलुन र ब्युटीपार्लर,
-स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब,
-सपिङ महल, 
-समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, 
-सबै धार्मिक तथा सार्वजनिक स्थलहरु, 
-यात्रुबाहक सवारी साधन (त्यसमा पर्यटक सवारी साधन समेत), 
-काठमाडौं उपत्यकाको हकमा उपत्यका भित्र र अन्य जिल्लाको हकमा सोही सम्बन्धित जिल्ला भित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन हुने । अन्य क्षेत्रमा यो निर्णय लागू नहुने ।   

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]