• असार ७, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा थपिए १५ जना कोरोना संक्रमित

alt

 प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार आइतबार प्रदेश १ का चार जिल्लामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोसी अस्पताल प्रयोगशालामा ११ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा सुनसरीको बर्जु र कोसी गाउँपालिकामा १/१ जना, झापाको अर्जुनधाराका ३ जना, कनकाई नगरपालिकाका १ जना र मेचीनगरका २ जना छन् ।

यस्तै उदयपुरको कटारीमा १ जना, उदयपुरगढीमा २ जना, त्रियुगामा २ जनामा संक्रमण देखिएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४४८ पुगेको छ । ती मध्ये २३४ जना उपचार पछि घर फर्किएका छन ।

सुन्दरहरैचाकी संक्रमित महिला कुवेतबाट आएकी थिइन्

७ असार, विराटनगर । आइतबार कोरोना संक्रमण पुष्टि भएका मोरङका दुई जना मध्ये एक जना कुवेतबाट आएकी महिला रहेको पाइएको छ । सुन्दरहरैचाको क्वारेन्टिनमा बसेका एक पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको हो ।

सुन्दरहरैचा नगरपालिका जनस्वास्थ्य शाखा अधिकृत मचिन्द्र बस्नेतका अनुसार संक्रमित महिला कुवेतबाट आएकी हुन् भने पुरुष भारतबाट आएका हुन् ।

संक्रमित पुरुषलाई पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज क्वारेन्टिन गोठगाउँ र महिलालाई कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा पठाउने उनले बताए । यससँगै मोरङमा कोरोना संक्रमितको संख्या ११८ पुगेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]