• असार ८, २०७७
  • जुनकिरी खबर

पूर्वी नाकाबाट निर्यात अवरोध कायमै

alt

भारतको पश्चिम बंगाल सरकारले अवरोध गर्दा नेपालबाट भारत निर्यात गर्न लागिएका नेपाली उत्पादन बोकेका ट्रक चार दिनदेखि मेची पुलमै अलपत्र छन् ।

निर्यातमा भारतको पश्चिम बंगाल प्रहरीको अवरोध रहेको मेची भन्सार कार्यालयले जानकारी दिएको छ । पुलमा १४ चिया, १० अलैंची र एउटा अम्रिसो लोड भएका गाडी रोकिएका थिए, जसमा बंगलादेश निर्यात हुने अम्रिसोका गाडी र सोझै दिल्ली पठाउन लागिएका २ वटा अलंैचीको गाडी मात्रै छाडिएको छ । बाँकी २२ गाडी पुलमै अलपत्र छन् ।

भारतले मुलुकका अन्य भन्सार नाकाबाट नेपाली उत्पादन निकासीमा अवरोध गर्दै आए पनि जोगवनी नाकामा त्यसको प्रभाव परेको छैन । यो नाकाबाट अहिले विशेषगरी जुटका सामग्री, रिफाइन गरिएको सूर्यमुखी तेल, तेजपत्ता, अर्थोडक्स चियालगायत नेपाली कृषिजन्य वस्तुको निकासी निर्बाध रूपमा भइरहेको विराटनगर भन्सारले जनाएको छ ।

नेपाली उत्पादन निकासीमा आइतबारसम्म भारतीय पक्षबाट अवरोध भएको छैन । ‘सामान्य अवस्थामा जुनजुन नेपाली उत्पादन निकासी हुँदै आएको थियो । अहिले पनि ती उत्पादन सहज रूपमा निकासी भइरहेको छ,’ भन्सार अधिकृत गोपी उप्रेतीले भने । उनका अनुसार पाम आयल निकासी प्रतिबन्ध भने कायमै छ ।

लकडाउनयता शनिबारसम्म जोगबनी नाकाबाट ४ अर्ब ३५ करोड ५६ लाख मूल्यबराबरका नेपाली उत्पादन निकासी भएको अधिकृत उप्रेतीले जानकारी दिए । ५१ करोड मूल्यबराबरका जुटबाट तयार गरिएका सामग्री, रिफाइन सोयाबिन तेल ७ हजार ५ सय ६८ मेट्रिक टन, रिफाइन पाम आयल ४ हजार ५ सय ६ मेट्रिक टन, चाउचाउ र नुडल्स १ हजार ३ सय ६५ मेट्रिक टन, चिराइतो र तेजपात २५ मेट्रिक टन, अम्रिसो ९ सय ९५ मेट्रिक टन र ३३ करोड ६८ लाख मूल्य बराबरको ९ सय ९ मेट्रिक टन अर्थोडक्स चिया निकासी भएको उनले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]