• असार ११, २०७७
  • जुनकिरी खबर

इटहरी चोकमा पृथ्वीको स्मारक बनाइने

alt

इटहरी चोकमा पुथ्वी आकारको स्मारक राखिने भएको छ । पहिले स्व. राजा विरेन्द्र शाहको शालिक रहेको स्थानमा उक्त संरचना निर्माण गर्न लागिएको हो ।

विरेन्द्रको शालिकलाई २०६२/०६३ को जनआन्दोलको क्रममा विद्यार्थीहरुको समूहले भत्काएका थिए । शालिक भत्काएपछि अहिले उक्त स्थान खाली रहेको छ ।

इटहरीको पहिचान झल्काउने गरी सो स्थानमा पृथ्वीको स्मारक राखेर पुथ्वी चोक नामाकरण गरिने आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

यसैगरी इटहरी वडा नम्बर ६ को वीपी चोकमा विशेश्वर प्रसाद कोइराला र इटहरी वडा नम्बर १७ को लविपुरमा मदन भण्डारीको शालिक स्थापना गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसैगरी इटहरी उपमहानगरपालिका क्षेत्रमा विभिन्न विद्यामा योगदान पुर्याउने इटहरी गाविसका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठ, उपाध्यक्ष मलेसी चौधरी, संसारकै जेठो नागरिकको रुपमा दावी गरिएका वीर नारायण चौधरी, यसैगरी दुखिलाल चौधरी, इटहरी र अस्पताललाई जग्गा दान गर्ने दाताहरुको स्मरणमा विभिन्न वडाहरुमा सामुदायिक स्मृति भवनको निर्माण गर्ने योजना समेत समेटिएको छ ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]