• असार १३, २०७७
  • जुनकिरी खबर

सलह किरा देखा परेपछि किसान चिन्तित

alt

भारतको बिहारबाट छिटफुट रूपमा नेपालको बारा, पर्सा, रौतहट, सर्लाहीलगायतका जिल्लाहरूमा सलह किरा देखा परेपछि मध्यतराईका किसानहरू चिन्तित भएका छन् ।

फट्यांग्राकै एक प्रजतिका रूपमा रहेको सहलले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर नष्ट गर्ने गर्दछ । बाराको निजगढ नगरपालिका–१३ मा छिटफुट रूपमा सलह किरा भेटिएपछि क्षेत्रीय अनुसन्धान केन्द्र परवानीपुरबाट कृषि वैज्ञानिकहरूको टोली आइपुगेको निजगढ नगरपालिका–१३ का वडाअध्यक्ष सूर्य घलानले जानकारी दिए ।

त्यसैगरी बाराको निजगढ र सिमरा, डुमरवाना, पर्साको पर्सागढी नगरपालिका क्षेत्रमा आज बिहान सलह किरा भेटिएको स्थानीय कृषकहरूले बताएका छन् । कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले भारतको बिहार हुँदै नेपालको सीमावर्ती जिल्लाहरूमा आज बिहानबाट सलह किरा भेटिएको बताए ।

प्रभावित क्षेत्रमा टोली परिचालन गरी निरीक्षण गर्दा किराहरूको सानो सानो झुण्ड बनाएर रुखमा बसेको आफूहरूले भेटेको बताउँदै उनले किराहरूले विशेषतः धान र तरकारी खान थालेको जानकारी दिए ।

सलह भारतबाट नेपाल भित्रिएको पुष्टि भएसँगै सबैभन्दा बढी प्रभावित क्षेत्रको पहिचान गरी प्राविधिकसहितको टोली निजगढलगायतका क्षेत्रमा पठाइएको यादवले बताए ।

यता रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको उत्तरी सीमा मकवानपुरको बकैया—१ महादेव डाँडा हुँदै चन्द्रपुर—३ अन्र्तगत भोलुम्टार, इपिल, अरुणबन्ति लमाह गुजरा नगरपालिकाको कटानीलगायतका क्षेत्रमा झुण्ड झुण्डमा सलह देखा परेको किसानहरूले बताएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]