• असार १४, २०७७
  • जुनकिरी खबर

कोरोनाको हिसाब सार्वजनिक गर्न इटहरी काग्रेसको माग

alt

इटहरीमा कोरोना नियन्त्रणमा भएको आय व्यय सार्वजनिक गर्न माग गर्दै नेपाली काँग्रेस इटहरी उपमहानगर समितिले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई ज्ञापन पत्र बुझाएको छ । कोरोना भाईरस नियन्त्रण रोकथाम तथा राहत वितरणमा भएको आय व्यय रकमको हिसाब किताब १५ दिन भित्र सार्वजनिक नगरे चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।

गत असार १० गते इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले प्रस्तुत गरेकोे निति, कार्यक्रम तथा २०७७।०७८ को बजेटमा कोरोना भाईरस नियन्त्रण तथा रोकथाममा हालसम्म ४ करोड ३३ लाख खर्च भएको विवरण सार्वजनिक भयो । त्यो सँगै नेपाली काँग्रेस इटहरीले कुन कुन शीर्षकमा त्यतिका रकम खर्च भएको हो ? सो को विवरण सार्वजनिक गर्न माग गरको हो ।

इटहरी काँग्रेसले हालसम्म कुन कुन सहयोगदाताहरुबाट के कति रकम सहयोग गरेका हुन सो को विवरण समेत सार्वजनिक गर्नुपर्ने माग गरेको छ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले गत बैशाख १२ गते नै उल्लेख गरेको सहयोग रकम भन्दा ८७ लाख ८७ हजार कम सहयोग मात्र बजेट वक्क्तव्यमा उल्लेख भएको भन्दै काँग्रेसले आर्थिक पारदर्शितामा प्रश्न उठाउदै रकम हिनामिना भएको हुनसक्ने आशंका समेत व्यक्त गरेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]