लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । कोसी ब्यारेजस्थित कन्ट्रोल रुमका अनुसार पछिल्लो पटक गरिएको मापनमा कोसीमा पानीको बहाव २ लाख क्युसेकभन्दा बढी पाइएको छ ।
पानीलाई निकास दिन ब्यारेजका ५६ मध्ये २९ वटा ढोका खुला गरिएको छ । कोसी ब्यारेजमा सतर्कता सूचक रातो बत्ती बालिएको छ । यसैगरी सुनसरीको चतरामा भएको पानीको बहाव शनिबार बिहान सतर्कता संकेतभन्दा माथि पुगेको छ । स्थानीय प्रशासनले कोसी वारिपारिका सुनसरी र सप्तरीका गाउँ बस्तीहरुमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved