• असार १५, २०७७
  • जुनकिरी खबर

हत्यामा संलग्न ४ जना जेल चलान

alt

छिमेकी दाईको हत्या गर्ने तरहराका ४ जनालाई थुनामा राख्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ । गत जेष्ठ १८ गरे इटहरी २० तरहरामा २८ बर्षिय रादन राईको हत्यामा संलग्नहरुलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

अदालत सुनसरीका ७ नम्बर न्यायधिस ध्रुबकुमार उप्रेतीको एकल इजालासले पूर्पक्षका लागि ४ जनालाई थुनामा र एक जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । राईको हत्यामा संलग्न भएका अभिषेक पौडेल, अभिषेक केसी, प्रज्वल तामाङ र मतियार मनोज चौधरीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । त्यस्तै सोही घट्नामा मुछिएका तरहराका राजन बानियाँलाई भने धरौटीमा छोड्न आदेश दिएको छ ।

लकडाउनले बेलायत जानबाट अड्किएका इटहरी २० एकता टोलका २८ वर्षीय राईको आफ्नै छिमेकी भाईहरुले हत्या गरेका थिए । त्यस मध्ये चौधरीले भने उनीहरुलाई ३ जनालाई स्कुटरमा राखेर भगाउँन मतियारकोे भुमिका खेलका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]