• असार १६, २०७७
  • जुनकिरी खबर

तराईहुँदै पहाड उक्लियो सलह

alt

भारत हुँदै तराईका जिल्लामा देखिएको सलह अहिले पहाडतिर सरेको छ । मकैलगायत अन्नबाली र घाँस समेत खाने सलह खोटाङ र ओखलढुंगामा देखिएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकामा शनिबार सलह फेला फरेको थियो । २०/३० वटाको समूहमा सलह फेला परेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । उनले ठूलो समुहमा नदेखिए पनि भारतबाट तराईहुँदै सलह पहाड छिरेको बताए । 

त्यस्तै ओखलढुंगाका सिद्धिचरण नगरपालिका, चम्पादेवी गाउँपालिका र सुनकोसी गाउँपालिकामा सलह फेला परेका छन् । सलह सानो सानो समूहमा देखिएको सुनकोसी गाउँपालिका ४ का नवराज खड्काले बताए । उनले निकै सानो समूहमा फेला परे पनि सलह फेला परेकाले किसानलाई चिन्ता थपिएको खड्काले बताए । 

त्यस्तै चम्पादेवी गाउँपालिका र सिद्धिचरण नगरपालिकास्थित सदरमुकाममा सलह फेला परेको स्थानीयले बताए । सिद्धिचरण नगरपालिका ११ का उमेश राजभण्डारीले सलह बजारमै आएको बताए । निकै सानो संख्या भए पनि बढ्न सक्ने भएकाले सतर्क हुनुपर्ने उनको भनाइ छ । 

सरकारी निकायले भने यसरी फेला परेका सलहको सबै लक्षण र स्वरुप मिल्ने किरा के हो भन्ने यकिन गरेको छ । कृषि ज्ञान केन्द्रले यसबारे अध्ययन भइरहेको जनाएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका कृषि प्राविधिक टिका बानियाले किसानहरुले सलह भेटिएको भन्दै फोटो सार्वजनिक गर्न थालेकाले अध्ययन भइरहेको दावी गरे । अध्ययन गरेर यकिन गर्ने उनले जनाए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]