• असार १९, २०७७
  • जुनकिरी खबर

प्रदेश १ सरकारले कोरोना रोकथामका लागि २७ करोड खर्च

alt

प्रदेश १ सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागी हालसम्म भएका कार्यहरुको विस्तृत प्रतिवेदन प्रस्तुत गरेको छ । शुक्रबार विराटनगरको उद्योग सङ्गठनमा पत्रकार सम्मलेनको आयोजना गर्दै प्रदेश सरकारले प्रतिवेदन प्रस्तुत गरेको हो ।

नोभल कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागी प्रदेश १ सरकारले प्रारम्भिक चरणदेखि नै योजनाबद्ध कार्ययोजना बनाई समन्वयात्मक रुपमा कार्य गर्दै आएको छ । प्रदेश सरकारले कोरोनाको भाईरसको उपचार नियन्त्रणका लागी कोरोना जनसुरक्षा कोष तथा क्वारेन्टाईन स्थलको स्थापना, पिसिआर पद्धतिबाट कोरोना परिक्षण, आईसोलेशन वार्डको स्थापना र सङक्रमितलाई कोरोना बिशेष अस्पतालमा उपचारको प्रबन्ध लगायतका कार्यहरु गरेको पत्रकार सम्मेलनमा जानबारी दिएको छ । कोरोना भाईरसको रोकथाम तथा नियण्त्रणका लागी प्रदेश सरकारले ‘नोभल कोरोना भाईरसको परिचय तथा रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश सरकारको कार्य योजना’ समेत तर्जुमा गरि कार्यान्यनमा ल्याएको प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईले बताए ।

त्यस्तै कोरोना भाईरसको रोकथाम तथा प्रतिरक्षाका लागी प्रदेश १ सरकारले प्रदेशस्तरीय कोरोना जनसुरक्षा कोष स्थापना गरेको छ । कोरोना जनसुृरक्षा कोषमा हाल ३३ करोड ५४ लाख १ हजार ९ सय ४१ रुँपैया ४० पैसा जम्मा भएकोमा उक्त कोषबाट कुल २७ करोड ३३ लाख ८९ हजार ८ सय ९० रुँपैया बराबरको रकम विभिन्न मन्त्रालयहरु मार्फत् निकासा भई खर्च हुने क्रममा रहेको प्रस्तुत तथ्याङकले देखाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]