• असार २०, २०७७
  • जुनकिरी खबर

रिर्साेटमा यौनजन्य गतिबिधि गरेको आरोपमा इटहरी प्रहरीद्धारा ७ जना पक्राउ

alt

इटहरीको रिभर साइड रिर्सोटबाट युवतीसहित ७ जना पक्राउ परेका छन् । युवती राखी यौन व्यवसाय सञ्चालन गरेको सूचनाको आधारमा प्रहरीले इटहरी ९ स्थित रिभर साइड रिसोर्टमा छापा मारी सात जनालाई नियन्त्रणमा लिइएको छ ।

शुक्रवार साँझ इलाका प्रहरी कार्यालय इटहरीको टोलीले रिर्सोटमा छापा मारेको थियो । छापा मार्ने क्रममा शङ्कास्पद अवस्थामा रहेका छ जना पुरुष र एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूको विषयमा अनुसन्धान भइरहेको इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । नियन्त्रणमा लिइएको एक युवती भने होटेलको काउन्टरमा बस्ने बताइएको छ । होटेल सञ्चालक भने फरार छन् ।उनको खोजी भइरहेको जनाइएको छ । नियन्त्रणमा लिइएका पुरुषहरू कोही बेलबारी, झुम्का, इनरुवा ठेगाना भएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]