• असार २१, २०७७
  • जुनकिरी खबर

प्रदेश १ सरकारद्वारा प्रहरीलाई १७० थान मोटरसाइकल

alt

प्रदेश सरकारले प्रदेश १ प्रहरीलाई १७० थान मोटरसाइकल र १० थान स्कुटर आइतबार हस्तान्तरण गरेको छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश १ प्रहरी प्रमुख ईश्वरबाबु कार्कीलाई शान्ति सुरक्षा चुस्त दुरुस्त बनाइ राख्‍न भन्दै आइतबार मोटरसाइकल र स्कुटरको साँचो हस्तान्तरण गरेका हुन् ।

मन्त्रालयले प्रदेश १ प्रहरी कार्यालय मातहतका प्रहरी इकाईहरुलाई उपलब्ध गराउने गरी टिभिएस कम्पनीको १६० सिसीको अपाचे मोटरसाइकल ९० थान, बजाज कम्पनीको १५० सिसिको पल्सर मोटरसाइकल ८० थान र यमाहा कम्पनीको १२५ सिसीको यमाहा स्कुटर १० थान गरी कुल १८० थान सवारी साधन उपलब्ध गराएको हो । यस्तै, ट्राफिक व्यवस्थापनका लागि मन्त्रालयले प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीलाई १० थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।

मन्त्री कार्कीले विभिन्‍न अपराध कार्यमा संग्लग्‍न व्यक्तिहरुले अपराधका नयाँ नयाँ शैली अपनाइ रहेको अवस्थामा आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी निर्वाह गर्दै आएका नेपाल प्रहरीलाई साधन स्रोत सम्पन्न बनाइ शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन मोटरसाइकल उपलब्ध गराएको बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]