• असार २३, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा सत्तारूढ सांसद नै सरकारको विरोधमा

alt

 प्रदेश १ मा सत्तारूढ दल नेकपाकै प्रदेशसभा सदस्यहरू सरकारको विरोधमा उत्रिएका छन् । प्रदेश सरकार एकलौटी ढंगले अघि बढेको उनीहरूको आरोप छ । 

प्रदेशसभा बैठकमा नेकपा संसाद राजन राईले भ्रष्टाचार बढ्दै गए पनि प्रदेश सरकार उदासीन रहेको बताए । ‘प्रदेश सरकारका विकास निर्माणलगायत योजना तथा आयोजनामा व्यापक भ्रष्टाचार भइरहेको छ,’ उनले भने, ‘खानेपानी, ढललगायत विकास निर्माण योजनामा सरकारले भ्रष्टाचार नदेखे प्रदेशसभा सदस्यहरू प्रमाण उपलब्ध गराउन तयार छन् ।’

यसअघि नेकपाकै प्रदेशसभा सदस्य कला घलेले सरकारले जनताको गुनासो नसुनेको संकेतस्वरूप बैठकमा दुवै कान थुनेर बोल्दै विरोध जनाइन् । प्रदेशसभा सदस्यहरूले सरकारले आफूहरूलाई वास्तै नगरेको, जनताका गुनासा सुनुवाइ नगरेको, अगामी वर्षको बजेट सरकारका मन्त्रीहरूले आ–आफ्ना निर्वाचन क्षेत्रमा खन्याएको, एकलौटी ढंगले अघि बढेको र आर्थिक अनियमिततामा डुबेको आरोप लगाउँदै आएका छन् ।

प्रदेशसभाको चालू बजेट अधिवेशनका २६ वटा बैठकमा ९१ जना प्रदेशसभा सदस्यले २ सय ८८ पटक बोलेका छन् । जसमा सत्तारूढ दलका ६३ जनाले १ सय ८२ पटक बोल्दा उनीहरूको प्रस्तुति प्रायः प्रदेश सरकारको विरोधमै देखिन्छ । यसले मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]