• असार २४, २०७७
  • जुनकिरी खबर

इटहरी अस्पतालले आफ्नै एम्बुलेन्सबाट सेवा प्रदान गर्ने

alt

इटहरी अस्पतालले आफ्नै एम्बुलेन्सबाट सेवा प्रदान गर्ने भएको छ ।

एम्बुलेन्स खरिदका लागि स्थानीय सरकार र प्रदेश सरकार बिच सहकार्य भइसकेको र केही महिना भित्रै सो अस्पतालले पनि आफ्नै एम्बुलेन्स खरिद गरिसक्ने जनाइएको छ ।

हाल इटहरीमा इटहरी अस्पतालसहित चार वटा स्वास्थ्य चौकी र ४ वटा सामुदायिक एकाई र एउटा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा छन् । तीव्र सहरी विकास भएर पनि सुविधा सम्पन्न सरकारी अस्पतालको अभाव कायमै रहेपछि इटहरी उपमहानगरपालिकाले अस्पतालको स्तरोन्नतिको काम थालेको इटहरी अस्पताल का अध्यक्ष भूपेन्द्र बरालले जानकारी दिए ।

२४ सई घण्टा इमरजेन्सी सहितको ओ.पी.डी सेवा उपलब्ध इटहरी अस्पतालमा थप नयाँ आवश्यक उपकरण सहित तथा शय्या समेत थप गरी विशेषज्ञ सेवा उपलब्ध गराउने योजनासमेत बनाइएको अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले बताए ।

इटहरी अस्पताललाई आगामी दिनमा नमुना अस्पताल बनाउनेदेखि सेवाहरूलाई थप प्रभावकारी बनाउने साथै दक्ष जनशक्तिहरू खटाउने तयारी भइरहेको इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताइन् । अस्पतालहरूको स्तरोन्नति र सेवाहरूलाई थप प्रभावकारी बनाउन ५० लाख बजेट विनियोजन गरिएको जनाइएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]