• असार २५, २०७७
  • जुनकिरी खबर

इटहरी ८ नं. वडालाई एक कठ्ठा जग्गा दान

alt

इटहरी उपमहानगरपालिका वडा नं. ८ को वडा कार्यालयलाई स्थानीय सवितादेवि चौधरीले एक कठ्ठा २ धूर जग्गा प्रदान गरेकी छिन् ।

इटहरी ८ का वडाध्यक्ष रोहित चौधरीकी आमा सविताले बिहीबार वडा कार्यालयलाई एक कार्यक्रमका बीच उक्त जग्गा प्रदान गरेकी हुन् । मेयर द्धारिकलाल चौधरी तथा स्थानीयहरुको उपस्थितिमा ६० लाख बराबरको उक्त जग्गा प्रदान गरिएको थियो ।

सविताका श्रीमान स्व. शुशील कुमार चौधरी र जेठो छोरा स्व. चेवन कुमार चौधरीको नाममा जग्गा प्रदान गरिएको उनले बताईन् । कार्यक्रममा मेयर द्धारिकलालले उक्त जग्गा वडा कार्यालयलाई सहयोग गर्नु सराहनीय रहेको बताए ।

वडाध्यक्ष रोहित चौधरीका अनुसार अहिले वडा कार्यालय भाडामै बसोबास गर्दै आएको र आगामी बर्षदेखि भने भवन बन्ने तयारीमा रहेको छ । उनले बिहीबार वडा कार्यालय स्थापना भएको तीन बर्ष पूरा भएको समेत बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]