• असार २५, २०७७
  • जुनकिरी खबर

जिल्लाभित्र छोटो दुरीका यातायात सञ्चालन हुने

alt

सरकारले जिल्ला भित्रको छोटो दुरीका सार्वजनिक यातायातको साधनहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार सवारी साधनको सिट क्षमताको बढीमा आधा संख्यामा मात्र यात्रु राखेर छोटो दुरीमा यातायात सञ्चालन हुन पाउनेछ । सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले उपत्यकाभित्र काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा यातायात सञ्चालन हुन पाउने जानकारी दिए । उपत्यका बाहिर भने सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने मन्त्रीपरिषद बैठकले निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिए ।

उनका अनुसार चालक र सहचालकले मास्क, भाइजर र पञ्जा पनि अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ । यस्तै, सिटको एउटा पंक्तिमा एक जनामात्र राखेर सामाजिक दुरी कायम गराउनुपर्नेछ । साथै, दिनमा एक पटक यातायातको साधनलाई डिस्इन्फेक्सन गर्नुपर्नेछ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]