• असार २८, २०७७
  • जुनकिरी खबर

इटहरी उपमहानगरको बजेट नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

alt

उपमहानगरको सातौँ नगर सभाबाट आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा हिजो भएको नगर सभा बैठकले सर्वसम्मतले बजेट नीति तथा कार्यक्रम पारित गरेको हो । बैठकले अर्थ विधेयक २०७७ र विनियोजन विधेयक २०७७ सर्वसम्मतले पारित गरेको छ । विधेयक माथिको छलफलमा १४ जना नगर सभा सदस्यहरूले भाग लिएका छन् । नीति कार्यक्रम बजेट,अर्थ र विनियोजन विधेयक माथि उठेका प्रश्नहरूको उपमेयर लक्ष्मी गौतमले जवाफ दिए ।

उनले नगर सभा सदस्यहरूले अहिलेसम्मकै उत्कृष्ट बजेट भनेकोमा धन्यवाद ज्ञापन गरिन् । उनले कोरोना महामारीले जन्माएको जटिल परिस्थिति सहज हुने बित्तिकै रात्रि बजार सञ्चालन गरिने जानकारी पनि दिइन । इटहरीमा घुम्दै गरेको पृथ्वीमाथि नेपालको नक्सा सहितको आकर्षक स्तम्भ निर्माण गरिने बताइन् ।

इटहरी उपमहानगरले भत्तामा कटौती गरेर कोरोना तथा स्वास्थ्य कोषमा जम्मा गर्नै भएको पनि उनले बताइन् । जनसङ्ख्या,भूगोल र आय श्रोतलाई आधार मानेर व्यवस्थित ढङ्गले बजेट विनियोजन गरिएको जानकारी दिइयो । बैठकमा नगर सभा सदस्यहरू निश्चल पोखरेल,पार्वता बराइली,तोया कुमारी ढकाल र वालकृष्ण विष्टले अर्थ र विनियोजन विधेयकका बारेमा बोलेका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]