• असार २९, २०७७
  • जुनकिरी खबर

प्रदेश १ को प्रहरी विधेयक सर्वसम्मतिले पारित

alt

प्रदेश १ सभाले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक सोमबार सर्वसम्मतिले पारित गरेको छ ।

उक्त विधेयकमा संशोधनका लागि प्रमुख प्रतिपक्षी दलका लोकप्रसाद संग्रौला र शिवनारायण गनगाई, सत्तारुढ दल नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, उमिता विश्वकर्मालगायतले प्रदेशसभामा प्रस्तुत गरेका थिए ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले उक्त विधयेकमाथिको संशोधन प्रस्ताव फिर्त्ता लिन आग्रह गरेपछि सबैले फिर्त्ता लिएका थिए ।

‘नयाँ प्रहरी महानिरीक्षक आएसँगै प्रहरी समायोजन प्रक्रिया सुरु हुने अवस्थामा ऐन पारित गरेर नियमावली, निर्देशिकासमेत निर्माण गर्नुपर्ने हतारो छ,’ मन्त्री कार्कीले भने, ‘संशोधन प्रस्तावमा उल्लेख भएका अधिकार प्राप्तिका लागि क्रमिक रुपमा संघीय सरकारसँग सबै एकजुट भएर संघर्ष गर्नु अहिलेको आवश्यकता हो ।’

मन्त्री कार्कीको आग्रहमा सबै जनाले संशोधन प्रस्ताव फिर्त्ता लिएपछि सर्वसम्मतिले पारित गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]