• साउन २, २०७७
  • जुनकिरी खबर

भत्ता उपलव्ध गराउन स्वास्थ्यकर्मीहरुको प्रदेश सरकारलाई गरे आग्रह

alt

कोभिड १९ को कहरका बीच अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीहरुले सरकारले दिने भनेको जोखिम भत्ता नपाएको भन्दै नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति मोरङले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाउँदै संगठनले बन्दाबन्दीको समयमा समेत उच्च मनोवलका साथ जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी र राष्ट्र सेवक कर्मचारीहरुले प्रोत्साहन स्वरुप पाउनु पर्ने सुविधा नपाई अन्यायको अनुभूति गरेको भन्दै आवश्यक दिर्नेशन दिन सरकारसँग माग गरिएको छ ।

संगठनका अध्यक्ष ओमराज सुवेदी र सचिव नन्दीकेशर काफ्लेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा प्रदेश र स्थानीय तहमा खटिएका जनशक्तिलाई सम्बन्धित प्रदेश तथा स्थानीय तहले नै जोखिम भत्ताको व्यवस्थापन गर्नुपर्ने जोखिमभत्ता व्यवस्थापन आदेश २०७७ मा उल्लेख रहेको संगठनले जनाएको छ । कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ को दफा ५ ले पनि जोखिमभत्ता दिने उल्लेख गरेकोमा अहिलेसम्म भत्ता पाउने वातावरण नभएको प्रति संगठनले सरकारको ध्यानाकर्षण गराएको हो । संगठनले जोखिम भत्ता उपलव्ध नगराएका स्थानीय तहहरु, अस्पताल आदिलाई तत्काल भत्ता उपलव्ध गराउन माग गरेको छ ।

संगठनले अहिलेसम्म प्रदेश सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण काम गरेको र कुशल व्यवस्थापन गरेको भन्दै प्रदेश सरकारको उच्च प्रशंसासमेत गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]