• साउन ३, २०७७
  • जुनकिरी खबर

इटहरीको माया घरले धरानका सडक मानवको जिम्मा लिने

alt

सुनसरीको धरान स्थित विभिन्न सडकबाट उद्दार गरेर लांघाली सामुदायिक वन समुहको आवास गृह राखिएका सडक मानवहरुलाई माया घर नेपालले जिम्मा लिएको छ ।

धरान उपमहानगरपालिकाले लकडाउनको समयमा धरानका विभिन्न सडकबाट उद्दार गरिएका मुदायिक वनको आवास गृह राखिए ८१ जना सडक मानवहरूको व्यवस्थापनको जिम्मा इटहरी स्थित रहेको माया घरलाई दिइएको हो ।

उपमहानगरपालिका र माया घरबीच सम्झौता भए अनुसार साउन १ गतेदेखि सडक आश्रित मानवहरुको स्याहार, स्वास्थ, खानपिन लगायत व्यावस्थापन सर्पूण जिम्मा माया घरले लिएको सडक मानव व्यवस्थापन समितिकी सदस्य तथा महिला सञ्जालकी अध्यक्ष सविता राईले जानकारी दिइन् ।

माया घर नेपालकी अध्यक्ष राधिका दासी र सामाजिक विकास प्रमुख प्रज्ञा निरौलाबीच भएको सम्झैतामा उपमहानगरपालिकाको तर्फबाट ४ महिना सम्म केहि रकम दिने भएको बताइएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]