• साउन ५, २०७७
  • जुनकिरी खबर

भदौ १ गतेदेखि हवाइ उडान सुरु गर्ने निर्णय

alt

सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

उडानहरु कसरी सुचारु गर्ने भन्‍नेबारे पर्यटन मन्त्रालयले प्रोटोकल बनाउनेछ । सरकारले चैत ९ गतदेखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको थियो ।

वायुसेवा पुनः सञ्‍चालन गर्न असार १५ गते पर्यटन मन्त्रालयले अध्ययन समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसका आधारमा कोभिड-१९ संकट व्यवस्थापन समितिका संयोजक समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले सोमबारको मन्त्रिपरिषद् बैठकमा हवाइ सेवा सुचारु गर्न प्रस्ताव लगेका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]