• असार २९, २०७६
  • जुनकिरी खबर

२८ जिल्लामा बाढीपहिरो, ३३ हजार प्रभावित

alt

विगत चार दिनदेखिको वर्षाका कारण मुलुकको २८ जिल्लाका ३३ हजारभन्दा बढी मानिस प्रभावित भएको सरकारले जनाएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वर्षापछि मुलुकका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र डुबानको अवस्थाबारे जानकारी गराउँदै गृहमन्त्री रामबहादुर थापाले अहिलेसम्म दुई हजार १५६ जनाको उद्धार गरिएको जानकारी दिए ।

विपद्को बेलामा सरकारको सबै संयन्त्र परिचालन गरेर हवाई, जल तथा स्थलमार्गबाट उद्धार तथा सुरक्षित बासस्थानका लागि आवश्यक कार्यलाई तीव्र गति दिइएको सरकारले जानकारी दिएको छ।


विपद्को अवस्थाबारे सांसदले राखेका जिज्ञासामा गृहमन्त्री थापाले उद्धार तथा राहतका कार्यक्रममा तीनै तहको सरकार, स्थानीय समुदाय, विभिन्न सङ्घसंस्था क्रियाशील रहेको बताए। सुरक्षा निकायहरु उद्धारमा खटिएको भन्दै उनले पहाडी क्षेत्रमा बाढी, पहिरो र तराई क्षेत्रमा डुबानको चपेटामा रहेको बताए।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म बाढीपहिरोका कारण ५० जनाको मृत्यु भएको, ३१ वेपत्ता र ३४ जना घाइते भएका छन्। गृहमन्त्री थापाका अनुसार अहिले विपद्को पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइएको छ।

एसएमएस सन्देशदेखि मिडिया तथा सामाजिक सञ्जालबाट प्रचारप्रसारलाई तीव्र गति दिइएको तथा उच्च सतर्कताका साथ उद्धार कार्य जारी राखिएको छ। अवरुद्ध रहेका केही सडक खुलिसकेको र कतिपय सडक खुलाउने कार्य जारी रहेको जानकारी दिँदै गृहमन्त्री थापाले सर्लाही र रौतहटमा पानी निकासको प्रबन्ध मिलाइएको बताए।

उनले हेलिकप्टरबाट खाद्यान्न, राहत, म्याट, त्रिपाल पुर्‌याउने प्रबन्ध गरिएको भन्दै स्थानीय तहले खानेकुरा तथा स्वास्थ्यकर्मीको व्यवस्था गर्ने कार्यलाई तीव्र गति दिएको जानकारी दिए। यस्तै प्रदेश १ को गोदामबाट आवश्यक म्याट, त्रिपालसमेत बाढी र डुबान प्रभावित क्षेत्रमा पठाइएको छ।

प्रधानमन्त्रीले समेत उद्धार र राहतका लागि समन्वयात्मक रुपमा चुस्त भएर लाग्न निर्देशन दिएको स्मरण गर्दै गृहमन्त्री थापाले शनिबार बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उद्धार तथा राहतका कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरी सबै संयन्त्र परिचालन भएको उल्लेख गरे।

सरकारी प्रयासको सराहना गर्दै बैठकमा सहभागी सांसदले पूर्वतयारीसँगै उद्धार तथा राहत कार्य थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए। सांसद नवराज सिलवालले बत्तीमुनिको अँध्यारो भने झै ललितपुरमै सात जनाको मृत्यु भएको र विभिन्न क्षेत्र प्रभावित भए पनि अहिलेसम्म उद्धार, राहत तथा बाटो खुलाउने काममा कुनै पहल हुन नसकेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]