• साउन १२, २०७७
  • जुनकिरी खबर

कोशी अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमण, पोस्नेटल वार्ड सिल गरियो

alt

विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत नर्सलाई कोरोना पोजेटिभ भएपछि पोस्नेटल वार्ड सिल गरिएको छ ।
विराटनगर अस्पतालका चिकित्सकलाई कोरोना संक्रमण भेटिए पछि उनको सम्पर्कमा आएका कर्मचारी र स्वाथ्यकर्मीहरुको स्वाब टेष्ट गर्दा कोशी अस्पतालमा कार्यरत गाइनो विभागकी नर्समा पनि पोजिटिभ पाइएको थियो । उनले विराटनगर अस्पतालमा पनि काम गर्ने गरेकी थिइन ।

कोशी अस्पतालका एक जना चिकित्सकलाई पनि पोजिटिभ भए पछि उनीहरुको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएको कोशी अस्पतालका मेसु डाक्टर चुमनलाल दासले जानकारी दिनु भयो ।

उहाँले कोशी अस्पतालमा कार्यरत कर्मचारीर स्वास्थ्यकर्मीहरुको स्वाब संकलन भइरहेको र रिपोर्ट आए पछि अस्पतालमा कस्तो कदम चाल्ने भनेर विचार गरिने बताउनु भयो । उहाँले पोजिटिभ देखिएका स्वास्थ्यकर्मीहरुको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको र अन्य स्वास्थ्यकर्मी एवं कर्मचारीहरुको पनि पीसीआर टेष्ट गरिने जानकारी दिनु भयो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]