• साउन १३, २०७७
  • जुनकिरी खबर

इटहरी अस्पताललाई स्कील क्याम्पसको पीपीइ सहयोग

alt

इटहरीस्थित इटहरी अस्पताललाई स्कील क्याम्पसले पीपीइ लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

उपमेयर लक्ष्मी गौतममार्फत् क्याम्पसका सञ्चालक पृथ्वी पराजुलीले सामाग्री हस्तान्तरण गरेका हुन् । १२ थान पीपीइसँगै एन ९५ मास्क र साधारण मास्कलगायत १ लाख रुपैया बराबरको सामाग्री हस्तान्तरण गरेको पराजुलीले बताए ।

कोरोना भाइरसको कारण जोखिममा रहेका स्वास्थ्यकर्मीहरुको लागि सामाग्री हस्तान्तरण गरेको उनले बताए । सामाग्री लिँदै उपमेयर गौतमले सामाग्रीले स्वास्थ्यकर्मीलाई उपचार गर्न सहज हुने बताइन् । उनले स्वास्थ्य सामाग्रीको उपलब्धता अझै आवश्यकताअनुसार नभएको बताउँदै निजी क्षेत्रको सहयोगले प्रोत्साहन मिलेको बताइन् ।

क्याम्पसले होटल मेनेजमेन्टका विभिन्न छोटो अवधिका तालिमहरु सञ्चालन गरिरहेको छ भने तीन वर्षदेखि प्लस टुसमेत सञ्चालन गरेको छ । क्याम्पसमा अध्ययन गरेका कतिपय विद्यार्थीहरु नेपाल तथा विदेशका विभिन्न स्तरीय होटलहरुमा काम गरिरहेका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]