• साउन १४, २०७७
  • जुनकिरी खबर

इटहरी-धरान सडक विस्तारका लागि १ हजार ४३० वटा रुख काटिँदै

alt

इटहरी-धरान सडक विस्तारका लागि रुख काट्न सुरु गरिएको छ । चारकोशे जंगल क्षेत्रमा पर्ने सडकका दुवै किनाराका रुख गत मंगलबारबाट कटानको काम सुरु भएको हो ।

वन विभागले सडक विस्तारका लागि १ हजार ४ सय ३० रुख काट्ने अनुमति दिएको थियो । सोही अनुरुप धमाधम रुख काट्ने काम भइरहेको छ ।

विराटनगरको रानीदेखि सुनसरीको धरान जोड्ने व्यापारिक लोकमार्ग विस्तार परियोजनाको क्रममा चारकोशे रुख कटानको काम सुरु भएको सडक ६ लेन सडक आयोजनाका प्रमुख बद्रीप्रसाद शर्माले बताए । तरहरादेखि धरानसम्म चारकोशे झाडीको ९ किलोमिटर सडकको काम सुरु भएको हो ।

तरहरादेखि धरानसम्म ४ लेनको मात्र हुने आयोजनाले जनाएको छ । सडकको दायाँबायाँ ११.५ /११.५ मिटर चौडाइमा सडक विस्तार हुनेछ । आयोजना प्रमुख शर्माका अनुसार जंगलमा ड्रेन र फुटपाथ बनाउनु नपर्ने भएको हुँदा सोही मापदण्डमा सडक विस्तार हुने भएको हो । रुख कटानबाट ४४ हजार ४ सय ४८ क्युबिक फिट काठ र ८७ चट्टा दाउरा निस्किने डिभिजन वन कार्यालय सुनसरीका सहायक वन अधिकृत गोपाल दाहालले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]