• साउन १८, २०७७
  • जुनकिरी खबर

धरानमा लापरवाहीले फैलियो कोराना : पाँचजना संक्रमित

alt

चरम लापरवाहीका कारण धरान उपमहानगरपालिकामा कोरानोको संक्रमण समुदाय स्थरमा फैलिएको छ। धरानको तीनकुने स्थित प्रिति भल्भ एण्ड फिटिङस इण्डष्ट्रिज प्रालीबाट धरानमा समुहदाय स्थरमा कोरोना संक्रमण फैलिएको हो। 

प्रिति भल्भमा कार्यरत २८ वर्षीय पुरुषमा सुरुमा कोरना संक्रमण देखिएको थियो। उनलाई कोराना देखिएपछि उपचारका लागि तत्काल बिपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरियो। तर, प्रिति भल्भ एण्ड फिटिङस इण्डष्ट्रिज प्रालीलाई सिल गरेर सावधानी अपनाउनु पर्ने भए पनि स्थानीय प्रशासनले उक्त उद्योग संचालनमा रोग नलगाउँदा कोराना धरानको समुदाय स्थरमा फैलियो। 

उद्योगमा काम गर्ने ४३ वर्षीय पुरुष र अर्का २८ वर्षीय पुरुष जनकपुर र उदयपुर लगायतका स्थानमा गइ घुमफिर गरेपछि उनीहरुले नै कोराना धरानमा भित्राएको पुष्टिसमेत भएको छ। सुरुमा सावधानी नअपनाउँदा उद्योगमा काम गर्ने ४३ वर्षीय पुरुषकी ३४ वर्षीया श्रीमती, ९ वर्षीय छोरा र ५ वर्षीया छोरीमा समेत कोराना पोजिटिभ  देखियो। उनीहरु धरान ८ को सिद्धकाली चोकमा र अर्का व्यक्ति धरान १ को लक्ष्मी चोकमा बस्दै आएका थिए। 

पाँचै जनालाई आइतबार उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको धरान उपमहानगरपालिकाका स्वास्थय शाखा प्रमुख उमेश मेहताले जानकारी दिए। 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]