• साउन १९, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा दोस्रो कोरोना सङ्क्रमितको मृत्यु

alt

 प्रदेश नं. १ मा थप आज एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका वडानं. ५ आदर्श टोलका ७७ वर्षीय एक बृद्धाको आज विराटनगरको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई केही दिन अघि देखि ज्वरो आएको थियो । उच्च रक्तचाप र मधुमेहका बिरामी समेत रहेका वृद्धलाई श्वास फेर्न समस्या भएपछि आज बिहान ९ बजे अस्पताल भर्ना गरिएको थियो ।

कोरोनाको आशङ्का गरी बिहान १० बजे स्वाब लिइएर आइसोलेसनमा भर्ना गरिएको थियो । उपचारको क्रममा ३ बजे उनको मृत्यु भएको कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । मृत्यु भएको करिब एक घण्टापछि मात्रै ती वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।

मोरङमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या यो सँग २ पुगेको छ । गत बुधवार सोनवर्षी नगरपालिका ८ का १ जना ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । अहिले कोरोना संक्रमित भएर मृत्यु भएका मृतकका एक जना आफन्तलाई आइसोलेसनमा राखिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]