• साउन २१, २०७७
  • जुनकिरी खबर

इटहरीमा लकडाउन कडा, पसल खोले ५ हजार जरिवाना

alt

इटहरीमा बिहानैदेखि लकडाउनलाई कडा बनाइएको छ । इटहरीमा सवारी साधनहरूलाई पूर्ण रूपमा रोक लगाइएको छ भने पसलहरू बन्द छन् । मङ्गलवार प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल र इटहरी उपमहानगरपालिकाका मेयरको अध्यक्षतामा बसेको बैठकले ५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको थियो ।

केही दिनयता इटहरी उपमहानगरपालिकाका तीन जना कर्मचारी सहित २३ जनामा कोरोना पुष्टि भएपछि लकडाउन गर्न प्रशासन र स्थानीय निकायलाई दबाब परेको थियो ।

१५ गते यता मात्रै १३ सय ३४ जनाको स्वाब सङ्कलन गरिएको र तीमध्ये मङ्गलवार मात्रै ४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि लकडाउन गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाकाले जनाएको छ । आजबाट दूध र औषधीका पसलहरू बाहेक सम्पूर्ण पसल व्यवसाय, तथा कार्यालयहरू समेत बन्द हुने गरी लकडाउन गर्ने निर्णय गरिएको छ । उद्योग कलकारखाना बाहेक सबै क्षेत्र बन्द हुने बताइएको छ ।

पसल खोले ५ हजार रुपैयाँ जरिवाना गर्ने नगरपालिकाले चेतावनी दिएको छ।

यस्तै इटहरीस्थित यातायात कार्यालय २३ गतेसम्मका लागि बन्द गरिएको छ। कार्यालयले सूचना जारी गर्दै २१ गतेदेखि २३ गतेसम्म कार्यालय बन्द हुने जनाएको छ।

यता सुनसरीको रामधुनी नगरपालिका, भोक्राहा नर्सिङ गाउँपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका लगायतले समेत लकडाउन गरेका छन्। बराह नगरपालिका र धरान उपमहानगरपालिकाले बिहीबार देखी लकडाउन घोषणा गरेका छन् ।।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]